२०८१ चैत्र १२, मंगलबार
प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा आत्मकथा’ को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले अहिले साना तिना कुरालाई उचाल्ने कार्य भइरहेको छ भन्दै सबै मिलेर देश र जनताको हितको लागि काम गर्नुपर्ने बताउनु भयो ।
ओलीले एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान सक्दैन भन्नुभयो । लोकतन्त्र दुनियाँको सबैभन्दा राम्रो प्रणाली भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले अझै यसलाई परिष्कृत गर्दै अघि बढाउने बताउनु हुँदै व्यक्ति भन्दा विधि महत्वपूर्ण हुने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु । आइडोलोजी आफ्नो आफ्नो हुनसक्छन् । देश साझा हो । तरिका सोचहरु फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश । देश कसरी बनाउने भन्ने कुरा हो । ससाना कुराहरु । तिलको पहाड बनाएका छन् । पहिला पहिला तिलका तहाड बनायो भन्थे । तिललाई नै पहाड बनाउने चलन छ । त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ । अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो, केही मानिस उफ्रिरहेका छन्, कुदिरहेका छन् । के पाया के पायौँ, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी शुरु भएको छ । यही त्यन्द्रो हो । यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन् । कोही के भनेर कुदेका छन् । केही अर्थ छैन ।’’
प्रधानमन्त्री ओलीले देश र जनताको हितका लागि इमान्दारिताका साथ काम गरिरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अत्यन्तै जुझारु, जोशिलो र लडाकु नेता भएको उल्लेख गर्दै सभापति देउवाले उहाँजस्तो कहिल्यै नथाक्ने नेता आफुले कहिल्यै नदेखेको बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘‘गिरिजाबाबु र मेराबीच धेरै उतार चढाव आए, उहाँले मलाई पार्टीबाट निकाल्नु भयो, मैले पार्टी फोडेँ, फेरि एकता गरौं भन्नुभयोे एकता गरेँ, म नेपाली कांग्रेसको पार्टी सभापति हुन पनि उहाँको ठूलो सहयोग रहेको छ, उहाँ हिम्मतदार र डाइनामिक नेता हुनुहुन्थ्यो ।
कार्यक्रमममा कांग्रेसका नेता डा शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्ययाउनका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले पु-याउनुभएको योदानको चर्चा गर्नुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे