२०८१ चैत्र १८, सोमबार
एसडी इभेन्ट्स एण्ड म्यानेजमेन्ट्स तथा मिसन रेडको संयुक्त आयोजनामा चैत्र ३१ गते साँझ नारायणी नदी किनारमा उक्त भव्य च्यारिटी कन्सर्टको आयोजना गर्न लागिएको आयोजक संस्थाले जानकारी दिएको छ।
उक्त कार्यक्रममा नेपालकै चर्चित व्याण्ड मन्त्रा, कुटुम्ब ब्याण्ड, द एक्स, समिर श्रेष्ठ र केहर लिम्बुको बेजोड प्रस्तुती रहने छ।
कार्यक्रमको लागि तयारी तीब्र पारिएको छ। कलाकारहरुका बिभिन्न प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने लक्ष्य राखिएको आयोजकले बताएको छ।
नयाँ बर्ष २०८२ लाई लक्षित गर्दै नारायणी नदी किनारमा गर्न लागिएको कन्सर्ट अहिलेसम्मकै ठूलो हुने आयोजकको दाबी रहेको छ। उक्त कार्यक्रममा करिब १५ हजार दर्शक आउने अपेक्षा आयोजकको छ।
अनलाइन टिकटका लागि खल्ती एप तथा तल दिईएको कोड स्क्यान गरेर आफ्नो टिकट सुरक्षित गर्न सकिनेछ। थप जानकारी छिट्टै जानकारी गराउने लक्ष्य रहेको आयोजक संस्था एसडी इभेन्ट्स एण्ड म्यानेजमेन्ट्स तथा मिसन रेड क्याम्पेनले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे