२०८१ चैत्र १८, सोमबार
शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का छिमेकी थाइल्याण्डदेखि भारत र चीनसम्म पुगेको थियो । शनिबार त्यहाँ स–साना परकम्पहरू अझै पनि गइरहेका छन् ।
उद्धारकर्मीहरू रातभर घाइते तथा भग्नावशेषमा पुरिएकाहरूको खोजीमा खटिएका छन् । भूकम्पका कारण म्यानमारको दोस्रो ठुलो सहर म्यानडलेमा धेरै भवनहरू ढलेका छन् । म्यानडले र याङगुनमा विद्युत् आपूर्ति प्रभावित भएका छन् ।एजेन्सी
उता, थाइल्याण्डमा एउटा निर्माणाधीन गगनचुम्बी भवन ढल्ला १ सयभन्दा बढी हराइरहेका छन् । त्यहाँ थप दुई भवन खाली गराइएको छ । शनिबार २ हजारभन्दा बढी भवनहरूको अनुगमन गरिने बताइएको छ ।
यसैबिच, चीनबाट ३७ जनाको उद्धार टोली म्यानमार पुगेको समाचार एजेन्सी सिसिटिभीले जानकारी दिएको छ । टोलीसँग ११२ वटा आपत्कालीन उद्धारको सामग्री, भूकम्पबारे पूर्वसूचना दिने प्रविधि, ड्रोन र पोर्टेबल स्याटेलाइटहरू रहेका छन् । शुक्रबारको भूकम्पको धक्का चीनको युनान सहरमा महसुस गरिएको थियो । चाइना डेलीका अनुसार यसमा दुई जना घाइते भएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे