मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ डोडारेस्थित दहमा डुबेर ३ बालकको मृत्यु भएको छ ।

सिस्नेरी खोला नजिकै रहेको दहमा पौडी खेल्न गएका तीन जना बालकको आजर दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा स्थानीय १५ वर्षका शुसान्त आचार्य, काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध गाउँपालिका फुलबारी घर भई मामाघर आएका वर्ष १४ का प्रवेश घोरासैनी र वर्ष ११ का प्रभात घोरासैनी रहेका छन् ।

प्रहरी चौकी सिस्नेरीको प्रहरी टोली, सशस्त्र प्रहरीको टोली र स्थानीयले शव निकालेका थिए ।

तीनै जनाको शव पोस्टमार्टमका लागि काठमाडौँ लगिएको छ।।