२०८१ चैत्र २७, बुधबार
२३ : २६ : ५१
उनलाई प्रहरीले खोजि राखेको बताएपनि हालसम्म उनि पक्राउ परेका छैनन् । आचार्यले शुक्रबार गाउँपालिकाको कार्यालय परिषरमा गाउँपालिका अध्यक्ष गिरी माथि आक्रमण गरेका थिए ।
घटना लगत्तै फरार रहेका आचार्यको खोजि कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) यादव ढकालले बताए । आचार्यको खोजि कार्यका लागि प्रहरी परिचालन देखि उनको अन्तिम लोकेसन पत्ता लगाउने काम भई रहेको उनले बताए ।
गाउँपालिका अध्यक्ष माथि आक्रमण गर्ने व्यक्ति हालसम्म पक्राउ नहुदाँ कार्यालयमा काम गर्न समेत असहज परिस्थिति जनप्रतिनिधिहरुले महसुस गरिरहेको गाउँपालिकाका प्रवक्ता नुरेन्द्र शाहाले बताए ।
गाउँपालिका अध्यक्ष माथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल कानुनि कारवाहीको दायरामा ल्याउदै सहज वातावरणमा कार्यसम्पादन गर्ने अवस्था सृजना गर्न समेत उनले राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायलाई अनुरोध गरेका छन् ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघको गाउँपालिका कमिटी अध्यक्ष समेत रहेका आचार्यलाई एमालेले पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाहीका लागि गाउँपालिका कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरेको छ ।
आचार्यलाई गाउँ कमिटीबाट प्राप्त सिफारिसको आधारमा कारवाहीको प्रक्रिया अघि बढेको जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे