२०८२ बैशाख ५, शुक्रबार
नवलपुरको हुप्सेकोट ५ राम्चे स्थित हिले सामुदायिक वनमा साँझ करिब ५:५० बजेको समयमा सिमसिमे पानी परिरहेको अवस्थामा चराउन लगेको बाख्रा मध्ये ४ वटालाई करेन्ट लागेर मरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
डेन्टि सिंजालीले बाख्रा चराउने क्रममा नजिकै रहेको बिजुलीको पोलको तार सर्ट भई उक्त पोलको डिस्कबाट जमिनमा जमेको पानीमा विद्युत प्रवाह हुँदा चरिरहेको बाख्रालाई करेन्ट लागेको थियो।
करेन्ट लागेर ४ वटा बाख्राको घटनास्थलमै मृत्यु भएको घटनामा मानविय लगायत अन्य क्षति नभएको र उक्त स्थानमा प्रहरी टोली खटि गएको हुँदा घटनाको अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे