२०८२ बैशाख ५, शुक्रबार
पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय निरज ढकाल भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । सो टोलीले ढकाललाई गोरखाबाट पक्राउ गरेर राजधानी लगेको छ ।
ढकालले टोखामा घर भाडामा लिई खाजा पसल सञ्चालन गर्दै आएका थिए । उक्त खाजा घरमा उनले बालिकालाई यौन व्यवसायमा लगाएको प्रहरीले आरोप लगाएको छ ।
प्रति ग्राहक एक हजार रुपैयाँ लिएर बालिकालाई यौन कार्यमा लगाएको आरोपमा उनलाई ब्यूरोको टोलीले २५ मंसिर २०७९ मा पक्राउ गरेको थियो । त्यतिबेला उनी एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
फैसला हुँदा भने उनी दोषी ठहर हुँदै पाँच वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे