२०८२ बैशाख ५, शुक्रबार
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभामाको अवसरमा क वर्गका उद्योग वाणिज्य संघहरु मध्य उद्योग वाणिज्य संघ–चितवन उत्कृष्ट भएको छ ।
उद्योग वाणिज्य संघ–चितवनले औद्योगिक तथा व्यवसायिक विकासमा खेलेको भूमिका, चितवन जिल्लाको सामाजिक आर्थिक विकासमा खेलेको भूमिका, राजश्व सम्बन्धी नीति नियममा गरेको वकालत, चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिको विकासमा खेलेको भूमिका, सचिवालय, संघका सदस्यहरु लगायत विभिन्न विदाहरुको मूल्याङ्कन गर्दा क वर्गका उद्योग वाणिज्य संघहरु मध्य उत्कृष्ट हुन सफल भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभाको प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीले प्रदान गर्नुभएको सम्मान पत्र र मायाँको चिनो उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ ग्रहण गर्नुभएको थियो ।
महासंघको साधारण सभामा उद्योग वाणिज्य संघ–चितवनबाट अध्यक्ष सुमनकुमार श्रेष्ठको नेतृत्वमा निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र उपाध्यक्ष अशोक अधिकारीको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे