२०८२ बैशाख ५, शुक्रबार
मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ३ कठजोरमा ६२ बर्षका कृष्ण नारायण श्रेष्ठ र १२ बर्षकी भुमिका श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा अरु १२ जना घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिनुभएको छ ।दुर्घटनामा घाइते भएका १२ जना मध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ ।अन्यको अबस्था सामान्य भएको अस्पतालले जनाएको छ ।
घाइतेहरु सबैको मन्थली अस्पतालमा उपचार भइरहेको अस्पतालका डा. केशब सिंह धामीले जानकारी दिनुभयो ।
मन्थली नगरपालिका वडा नं ३ ऐरमबासबाट कठजोरतर्फ जाँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो सन्तुलन गुमाएर एक्कासी सडकमा पल्टिएको थियो । यात्रुहरु पुजा गरेर फर्किएका थिए ।
दुर्घटना लगत्तै स्थानीय र प्रहरी समेतको सहयोगमा घाइतेहरुको उद्धार गरिएको थियो ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे