२०८१ चैत्र ३०, शनिबार
“स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं, आर्थिक समृद्धिको दिशामा अघि बढौं” भन्ने नारा सहित २०८२ बैशाख १ गते अपरान्ह ४ बजे नगर प्रमुख रेनु दाहाल ज्युको प्रमुख आतिथ्यतामा वडा परिसरमा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ वडाध्यक्ष बिष्णुराज महतोले जानकारी दिनुभयो ।
रैथाने बजारमा स्थानीय उत्पादन, कृषि उत्पादन, हस्तकला तथा स्थानीय परिकारहरुका स्टल रहने छन्।
नयाँ बर्षको अवसर पारी शुभारम्भ गरिने रैथाने बजार हरेक हप्ताको शुक्रबार अपरान्ह ४ बजेदेखि निरन्तर हुने समेत बताईएको छ ।
साथै उक्त दिन विविध साँस्कृतिक कार्यक्रम समेत समावेश गरिएको सो कार्यक्रममा उपस्थित भई सफल बनाउन सबैमा वडाध्यक्ष महतोले अनुरोध समेत गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे