२०८२ बैशाख २, मंगलबार
नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारी, सह अध्यक्ष कृष्णचन्द्र गिरी र सचिव गिरीराज गिरीद्धारा जारी सयुक्त विज्ञप्तीमा चैत्र २० गतेदेखि काठमान्डौ केन्द्रित बृहत् शैक्षिक सडक आन्दोलन हालसम्म पनि जारी रहेको अवस्थामा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्देशनलाई अवज्ञा गर्दै केही विद्यालयहरूले नतिजा प्रकाशन गरेको, भर्ना अभियानका लागि घरदैलो शुरु गरेको खबरहरू सुन्नमा आएको भन्दै नतिजा प्रकाशन र भर्ना अभियान नगरी आन्दोलनमा सहभागी हुन निर्देशन जारी गरेको छ ।
विज्ञप्तीमा अगाडी भनिएको छ – नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा अर्को निर्देशन नआउँदा सम्मका लागि नतिजा प्रकाशन, नयाँ भर्ना अभियान लगायतका सम्पूर्ण शैक्षिक गतिविधिहरु स्थगित गरी काठमाण्डौ केन्द्रित सडक आन्दोलनमा जिल्लाका सम्पूर्ण प्रधानाध्यापकज्यूहरु, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई उपस्थितका लागि नेपाल शिक्षक महासंघ नवलपुर आग्रह गर्दछ ।
विज्ञप्तीमा अहिलेसम्म यस आन्दोलनमा सहभागी सम्पूर्ण प्रधानाध्यापकज्यूहरू, शिक्षक तथा विद्यालय कर्मचारीज्यूहरूप्रति धन्यवाद दिदै आन्दोलनमा सहयोग गर्न विद्यालय व्यवस्थापन समितिहरु, शिक्षक अभिभावक संघहरु, अभिभावकज्यूहरू, विद्यार्थीहरू तथा सम्पूर्ण शैक्षिक सरोकारवालाहरूमा अपिल समेत गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे