२०८२ बैशाख २, मंगलबार
केहिबेर अघि सकिएको खेलमा कुवेतले नेपाललाई ३ रनले हराएको हो ।
कुवेतले दिएको १ सय ७५ रनको लक्ष्य पच्छाएको नेपाल ३ बल बाँकी हुँदा अल आउट भएपछि खेल कुवेतले जितेको हो ।
लक्ष्य पछ्याउने क्रममा नेपालले १९ दशमलव ३ ओभरको खेलमा १ सय ७१ रन बनाएको थियो। सुरुवाती इनिङ फितलो भएपनि बसिर अहमदले पारी सम्हाल्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
आजको खेलमा बसरी अहमदले ८ चौका र ४ छक्काको मद्दतले ८० रन बनाउनु बाहेक अन्य खेलाडी खासै जम्न सकेनन ।
कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट भए भने कप्तान रोहित पौडेल ७ रनमा आउट हुँदा नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन जोडे ।
कुवेतका अनुदिपले ३, यसिन पटेल र नविनराज राजेन्दरनले २/२ विकेट लिएका थिए । त्यस अघि पहिलो इनिङमा कुवेतले ७ विकेटको क्षतीमा १ सय ७४ रनको योगफल तयार गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे