२०८२ बैशाख २, मंगलबार
ज्ञान र विज्ञानको समन्वय गर्ने अवसर नेपालले पाउनेछ। कृषि क्षेत्रको अवस्था सन्तोषप्रद रहला, फलफूल तथा तरकारी, दूध एवं रस पदार्थ उत्पादनमा वृद्धि हुनेछ। दशमको मालिक सेनापति ग्रह मंगल निच भई चतुर्थमा गुरुको नक्षत्रमा बसी दशममा उच्च दृष्टि दिएको छ। सप्तम एकादशमा समेत दृष्टि रहने हुँदा देशको बेथिति र विसंगतिले बढाउने भएकाले द्वन्द्व समाधानका निमित्त समन्वयका खातिर सुरक्षा संयन्त्र सक्रिय हुने सम्भावना छ।
यो योग आगामी असार ०१ राती सम्म रहनेछ। बुध, शनि, राहु तथा शुक्रसमेत वर्ष लग्नदेखि बाह्रौँ बसेकाले वैदेशिक व्यापारमा प्रशस्तै घाट तनाव हुने देखिन्छ।
राजस्वमा ४०% गिरावट आउने योग छ। अलि अलि ब्यापार भए पनि आयातमुखी भएकाले सामान्य आर्थिक वृद्धि देखिए पनि कालान्तरमा राष्ट्रिय पुँजी निकै कमजोर हुनेछ। आर्थिक अवस्था जटिल हुनेछ। लग्नेश सुरक्षाको अधिपति देशको चतुर्थ भावमा बसेको मंगलको वर्ष लग्नको चतुर्थ भावमा २०८२ असार सम्म कायम हुन्छ।
वैशाख २३ गतेसम्म बुध निच भई मीन राशिमा जेठ ४ गतेसम्म राहु र शनि पनि वर्ष लग्नदेखि बाह्रौँ रहने हुँदा समय अत्यन्तै प्रतिकूल हुने देखिन्छ।
यो समयमा घरेलु राजनीतिक शक्तिबीच निकै चरम द्वन्द्व हुने, मूल राजनीति तरल हुने, अराजक र राजा बादि समूह हावी हुने, राष्ट्र असफलतातिर उन्मुख हुँदै गर्दा विदेशी चलखेल१००% बढ्ने अवस्था सिर्जना होला। देशमा आर्थिक पाटाे कम्जोर कारण आन्तरिक कलह झगडामा चरम हुनेछ। यसैलाई बहाना बनाएर पश्चिमा र दक्षिण शक्तिको सशक्त उपस्थिति सफल बढ्दै जानेछ। त्यो कुरा उत्तर र तर्फ सैह्य नहुँदा उनीहरू पनि त्यसको विरुद्धमा खुलेरै अघि बढ्नेछन्। बाह्य शक्तिको घुसपैठमा राष्ट्रिय शक्ति कमजोर हुने सम्भावना रहने छ।
यस्तो स्थितिमा देशमा आन्तरिक सेनाको अनुरोधमा बाह्य सेना सूक्ष्म तरिकाले प्रवेश हुने सम्भावना बढ्नेछ। धर्माधिकारी गुरु अष्टम रहँदाको समय बाह्य विपरीत धर्महरूले राष्ट्रिय धर्मलाई असफलता गर्ने गरी घुसपैठ हुँदै गर्दा स्वधर्म बचाउको लागि समान धर्मावलम्वीहरू सशक्त रूपले प्रतिकारमा उत्रने हुँदा धर्म बचाउन ठुलाे युद्ध सामना गर्नु पर्छ ।
१ दशक अघि धर्मयुग आरम्भ भइसकेकोले सनातन शक्तिले विजय हासिल गरी जनचाहना अनुरूप कार्य गरी देश र प्रजातन्त्रलार्ई अघि बढाउने योग छ । यस वर्ष प्रतिकूल प्रभाव पर्ने देशमा वैशाख ३१ बाट गुरू मिथुन राशिमा प्रवेश हुने र मीनमा शनि पुग्नेछन्। र मीन को शनिले
अब को समय अमेरिका तथा हामी र हाम्रा निकट देश दक्षिण एसियाली आन्तरिक झगडा बढ्नेछ। यदि क्षेत्रीय शक्ति एकबद्ध नभएमा पचिम आक्रमले संकटग्रस्त बनाउने योग छ। शक्तिशाली देश रसिया, बेलायत, जर्मन, जापान कोरिया आर्थिक उन्नति र आन्तरिक एकताले बलियो हुने योग छ।
चीन, नेपाल भारत, फ्रान्स शत्रुबाट घेरिनेछ। चीनको कूटनीतिक अवस्था कमजोर, खर्च वृद्घि हुने अवस्था रहन्छ। संंकटका साथै दैवीप्रकोपको कोरना जस्तो रोग पुन आउने सम्भावना, छ ! भुटान, भारत, श्रीलंका अरु देशका दैवीप्रकोपको कारण र आन्तरिक झगडा र आर्थिक मा संकटमा पर्न सक्छन्।
अमेरिका, अष्ट्रेलिया राजनीतिक समस्यामा परे पनि आर्थिक वृद्घि यो साल राम्रै हुनेछ। युरोपियन मुलुकमा आन्तरिक कलहसहित आर्थिक संकटमा पर्न सक्छन्। यस वर्षको ग्रहस्थितिले धर्म–धर्मबीच र शक्ति–शक्तिबीचको झगडा हुनेछ। मानव विनाश गराउने निकै ठुला क्रियाकलाप हुन सक्छ। अन्ततःअलाैकिक प्राचीन सभ्यता र आधुनिकताको जनसागर का कारण प्रतिस्पर्धामा प्राचीन नै सर्वमान्य घोषणा को संकेत यश बर्ष को ग्रहले गरेको छ।
२०८४ फाल्गुन अघि नेपाल मा राजा आउने योगफल ग्रह्गोचर अनुसार नरहेको कुरा जानकारी गर्दछु !
र केहि बर्ष राजा को योग भने छैन
यो वर्ष सत्यको जय र असत्यको अबस्य पराजय सुनिश्चित हुने ग्रहयोग छ। राजा सूर्य नेपालको राशिदेखि दशम स्थानको मालिक वर्षलग्नको पञ्चमाधिपति वर्ष लग्नमा, मन्त्री चन्द्रमा मन्त्री देशको राशिदेखि नवाँै स्थानको मालिक जो वर्षलग्नदेखि सप्तम भावमा रहेको ग्रहले राज्य सञ्चालन भने बर्तमान सरकारले गर्नेछ।
देशको झण्डा चन्द्र सूर्यअंकित भएकाले अवस्थामा विकृति, विसंगतिलगायत अमानवीय कार्य ध्वस्त भई राष्ट्रलाई शक्तिशाली रुपमा विश्वसामु उभ्याउन सक्ने देखिन्छ तर जनमानसमा सुदृढीकरण भय मात्र । सम्भावना छ!
नेपाल २०८२ वर्ष अत्यन्त दुःखद क्षणलाई सुखद स्थितिमा पुर्याउन निर्णायक अवस्थामा पुग्नेछ। दैवीशक्तिको प्रभाले गर्दा विदेशी शक्ति आफ्नो अनुकूल नहुँदा पनि बाध्यताले जनसागर अनुरूप सहज सरल र सुखद मार्गमा जाने वातावरण यसै ८२ बन्नेछ।
अज्ञात रोग सिर्जना हुन सक्छन्। आँधी, हुरी, समुद्री तुफान, भूकम्प, बाढी पहिरोले जनधनको विनाश वर्षारम्भमै हुन सक्छ। शनि र राहु मीन राशिमै भएकाले वायुमण्डलीय अवस्था ग्रह प्रतिकूल हुने भएकाले नेपालल साल को मध्य समय तिर नेपाल र बिदेश मा विमान दुर्घटना हुन सक्छ। नेपाल सरकार को ध्यानाकर्षण होस ! अहिले बाट नै !
दुर्घटनामा वा भौतिक आक्रमणमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित र ठूला व्यक्तिको निधन हुने सम्भावना छ जनधन को क्षति र जनमानसमा पनि क्षति योग रहेको छ । धर्म र राष्ट्रियतालार्ई गलत व्याख्या गरेर आफ्नो अभिलाषा पूरा गर्दै आएका हरु लाई खतरापूर्ण हुनेछ। सच्चा धर्म र राष्ट्रियता अँगाल्दै गर्दासमेत पिछडिएकाहरू धर्मबल र जनबलले सक्रिय भयमा दुई शक्तिको टकरावमा देश सैनिकीकरणतिर उन्मुख हुँदा राष्ट्रिय सम्पत्ति विकासमा भन्दा सुरक्षामा बढी खर्च हुनेछ। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा पछि परेका शक्तिले पुनः राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरी यस २०८२ पुनः स्थापित हुने अवसर प्राप्त योग छ।
यस वर्ष शनि अढैया दशा कर्कट, वृश्चिक राशिलाइ समाप्त हुनेछ। मकर राशिको साढेसाती सकिनेछ। मेष राशिलाई साढेसाती आरम्भ हुनेछ कुम्भ, मीनमा साढेसाती दशा रहनेछन्। अढैया शनिको प्रभाव सिंह र धनुराशिलार्ई रहनेछ।
साथै
साढेसातीको प्रभाव जन्मकालमा शनि बलियो हुनेका लागि अनुकूल र कमजोर हुनेका लागि शनिको प्रभाव प्रतिकूल रहनेछ। अढैया भने कसैलाई पनि अनुकूल हुँदैन। शनि प्रभावित मानिसले शनिबार बिहान काल भैरवमा गएर भैरवको को पूजा गरी मेरो शनि दोष नाश होस् भनेर दायाँ हातमा २ मिटर कालो कपडा राखी दश कदम पछि हटेर फरक्क फर्केर हिँड्नु। यदि यो असम्भव भएमा गगा मा गएर पूजा गरी शनि दोष जाओस् भनेर ५ मिटर कालो कपडा सुर्य तिर फर्केर बगाउने र उता नहेर्ने शनि दोष कम हुन्छ। अब देशमा यस्तो डरलाग्दो अवस्था आउने सक्ने यो,२०८२ अन्तिम महिनामा यस्तो उथुलपुथुल ! नेपाल सरकार बिषेश तयारीमा रहन आग्रह ! ज्योतिषी भवेश भट्टराई
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे