२०८२ बैशाख २, मंगलबार
जीऊमाथि नै रथले किचेका कारण अन्दाजी वर्ष ३६ का सुशिल तमखूको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं ४ निवासी उनी हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८, सिपाडोल इटबू बस्दै आएका थिए ।
बिस्का जात्राको चौथो दिन आइतबार भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो लिङ्गो ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको थियो । तमखूको शरीरको बीच भागमा रथले किच्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे