२०८२ बैशाख २, मंगलबार
ताराखोला गाउँपालिका-१ भुस्कातका हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् ।घरदेखि झन्डै ५० मिटर टाढा रहेको चउरमा पेट्रोल खनाएर आगो लगाइसकेको अवस्थामा उनकी श्रीमती र छोराले उद्धार गरेका थिए ।
हस्तका श्रीमती र छोरा थमनले उनको शरीरमा लागेको आगो निभाएर उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पुर्याएका थिए ।
कम्मरभन्दा माथिको भाग जलेर गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले हस्तलाई मृत घोषणा गरेका थिए ।
बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवका अनुसार पोष्टमार्टमपछि निजको शव छोरा थमनले बुझेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे