२०८२ बैशाख ६, शनिबार
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारणले सडक हिलो भएकाले गाडी उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।
राति ११ देखि बिहान ५ बजेसम्म दाउन्ने सडक बन्द गरेर विस्तारको काम गर्ने गरिए पनि हिजो दिउँसोदेखिको जामले सयौँ सवारी बीच सडकमा रहेकाले विस्तारको कामसमेत रोकिने भएको छ ।
अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो । दाउन्ने क्षेत्रमा गत वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तारको काम भइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे