२०८२ बैशाख ६, शनिबार
काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको एक बा प्र ०१-००६ ख ७०७२ नम्बरको गाडी राति करिब १ बजे सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाडीमा चालकसहित १६ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएकी ५० वर्षकी निलम देवी राउतको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।
१३ वर्षीया मानुसी मगरको शव दुर्घटनास्थल नजिकैको खोल्सामा आज बिहान फेला परेको प्रहरीले जनाएको । दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घाइतेहरूको उपचार हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा भइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे