२०८२ बैशाख ६, शनिबार
प्राधिकरणका अनुसार यस अवधिमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । मुलुकमा अहिले प्रि–मनसुनको अवधि छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अङ्ग्रेजी महिनाको मार्च देखि मे महिनासम्मको समयलाई प्रि–मनसुन भनिन्छ । प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले समान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने गर्छ ।
प्राधिकरणले हिजो सूचना जारी गर्दै हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खण्डित वर्षा भइरहेको जनाएको छ । यो अवस्था अझै केही दिन रहने छ । जल तथा मौसम विज्ञान विभागका निकायबाट जारी हुने विपद्सम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न, विपद्बारे चासो राखी चनाखो बनी विपद् सुरक्षित नेपाल निर्माणमा साथ सहयोग पुर्याउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
संवैधानिक प्रावधान तथा सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थपनको काम हुँदै आएको छ । यसका लागि स्थापित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्थानीयदेखि केन्द्रसम्म क्रियाशील संस्थागत संरचना तथा संयन्त्रको प्रभावकारी परिचालन जरुरी रहेको प्राधिकरणले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे