२०८२ बैशाख ११, बिहिबार
कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न । जुन कुरा भएको थियो, सक्कियो । यसमा पछुतो छैन’ उनले भनेकी छन्, ‘त्यहाँबाट धेरै कुरा सिक्न पाएँ । लाइफमा अघि बढ्नुपर्छ भन्ने कुरा सिकेँ ।’
डिभोर्सकै कुरामा अल्झिएर बस्न उचित नहुने उनको भनाइ छ । ‘डिभोर्सकै कुरामा बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो गर्यो त्यस्तो गर्यो भन्ने त्यो चाहिँ हुनुहुँदैन’ उनी भन्छिन् । बच्चा उमेरमै डिभोर्स भएको र अहिले बुझ्ने भएको उनको भनाइ छ ।
‘अहिले म २५ वर्षकी भएँ । अहिले धेरै कुरा बुझेजस्तो लाग्छ । त्यतिबेला नबुझेजस्तो । कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ । जुन समाजबाट म आएकी छु, त्यहाँ त्यसरी हेरिन्छ’ मिस पविले भनिन् ।
मिस पवि अहिले टिभी कार्यक्रम ‘कमेडी दरबार’मा ब्यस्त छिन् । उनले हालै फिल्म ‘माग्ने राजा’ छायांकन गरिन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे