२०८२ बैशाख १२, शुक्रबार
बि.स २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा स्मृति दिवसको अवसर पारेर पालिका भित्र सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
गाउँ कार्यपालिकाको बैठकले भुकम्प स्मृति दिवसका दिन पालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सार्वजनिक विदाका दिन पालिका अन्तर्गतका सवै कार्यालय, वडा कार्यालय, शिक्षण तथा, स्वास्थ्य संस्था, गैह्रसरकारी संस्था लगायत बन्द रहने गाउँपालिकाले जनाएको छ ।
भुकम्प स्मृति दिवसको अवसरमा भुकम्पको केन्द्रविन्दु बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेलमैदानमा गाउँपालिकाको आयोजनामा आजै विशेष श्रद्धान्जली कार्यक्रमको आयोजना समेत गरिएको छ ।
कार्यक्रममा भुकम्पका बेला खिचिएका फोटोहरु प्रर्दशनीसमेत गर्न लागिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । गोरखा भुकम्पमा परेर केन्द्रबिन्दु बारपाकमा मात्र ७२ जनाले ज्यान गुमाएका थिए ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे