२०८२ बैशाख १४, आईतबार
यो मामिला ऐश्वर्या राय बच्चनको फिल्म ‘पोन्नियिन सेल्वन २’ को वीर राजा वीर गीतसँग सम्बन्धित छ। दिल्ली उच्च अदालतका अनुसार यो गीत प्रसिद्ध शास्त्रीय गायक उस्ताद फैयाजुद्दीन र वासिफुद्दीन डागरका बुबा र काकाले रचेको ‘शिव स्तुति’ बाट चोरिएको हो। अदालतले यो रकम अदालतको रजिस्ट्रारको कार्यालयमा जम्मा गर्न पनि निर्देशन दिएको छ।
टाइम्स नाउका अनुसार, सन् २०२३ मा पद्मश्रीबाट सम्मानित भारतीय शास्त्रीय गायक फैयाज वासिफुद्दीन डागरले दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका थिए। यसमा उनले फिल्म ‘पोन्नियिन सेल्वन २’ को ‘वीर राजा वीर’ गीत उनका बुबा नासिर फय्याजुद्दीन डागर र काका जहीरुद्दीन डागरले रचेको ‘शिव स्तुति’ को नक्कल भएको आरोप लगाएका थिए।
डागरले आफ्नो निवेदनमा ए.आर.रहमानले निर्माण कम्पनी मद्रास टकीज र सम्बन्धित अन्य विरुद्ध गीतको प्रयोगमा प्रतिबन्ध लगाउन माग गगरेका थिए ।
पोन्नियिन सेल्भान २ सन् २०२३ मा रिलिज भएको थियो। फिल्ममा ऐश्वर्याका अलावा चियान विक्रम, जयम रवि, त्रिशा कृष्णन, प्रभु, शोभिता धुलिपला, ऐश्वर्या लक्ष्मी र प्रकाश राज लगायतका कलाकारको पनि अभिनय रहेको थियो।एजेन्सीको सहयोगमा
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे