२०८२ बैशाख १४, आईतबार
गैँडाकोट ९ स्थित जयश्री फुड्स प्रालिको प्राङ्गणमा वैशाख २० गते शनिबार बिहान ७ बजेदेखी रक्तदान कार्यक्रमको आयोजना गरिएको जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जानकारी दिनुभयो ।
बढ्दो रक्तअभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले उद्योग स्थापना भएको १२ औँ वर्ष पुरा गरी १३ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गरी मानवीय सहयोग जस्तो पुण्य कार्यमा सरिक भइदिनहुन योग्य रक्तदातालाई जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले आग्रह गर्नुभयो । यस गर्मीयाममा चितवन, नवलपुर तथा देशैभर भएको रक्त अभावलाई केही हदसम्म भएपनि यसले रगत पूर्ति गर्ने विश्वास लिइएको छ । ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित व्यवसायी पवनकुमार अग्रवालले उद्योग र च्यारिटी दुवै सञ्चालन गर्नुभएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे