२०८२ बैशाख १६, मंगलबार
ती च्यानलहरूमध्ये डन न्युज, एआरवाई न्युज, जिओ न्युजजस्ता चर्चित नामहरू पनि छन्, जसको कुल दर्शक सङ्ख्या ६ करोड ३० लाखभन्दा बढी रहेको छ ।
गृह मन्त्रालयको सिफारिसमा गरिएको यस कदमसँगै सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सामग्रीमाथि पनि कारबाही गरिएको छ । पहलगाम घटनालाई लिएर गलत प्रस्तुति दिएको भन्दै बिबिसी भारत कार्यालयलाई सरकारी पक्षबाट औपचारिक पत्र पठाइएको छ ।
अप्रिल २२ गते पहलगामस्थित बाइसरण क्षेत्रमा भएको गोलीकाण्डमा २६ पर्यटकको मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान राष्ट्रिय अनुसन्धान संस्था (एनआइए)ले गरिरहेको छ ।
घटनामा संलग्न पाँच जनामध्ये तीन जना पाकिस्तानका र दुई जना स्थानीय भएको खुलेको छ । सरकारले देशको सुरक्षामाथि असर पार्ने गलत प्रचारप्रति कडा कदम चालेको जनाइएको छ । रासस/एएनआई
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे