२०८१ मंसिर ७, शुक्रबार
काठमाडौँ, ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानवीन गरिरहेको नेपाल प्रहरीले तयार पारेको झण्डै ३ हजार पेजको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा बुझाएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने गिरोहबिरुद्ध प्रहरीले राज्य बिरुद्धको अपराध, संगठित अपराधका साथै ठगी मुद्दामा कारवाही हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । गत चैत १२ गतेबाट औपचारिक रुपमा नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा अनुसन्धान शुरु गरेको प्रहरीले आफ्नो तर्फबाट गर्नु पर्ने पहिलो चरणको अनुसन्धान पुरा गरी प्रतिवेदन बुझाएको हो ।
प्रहरीले यो प्रकरणको अनुसन्धानलाई भने खुल्ला राखेको छ । काठमाडौ प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार प्रहरीले पक्राउ परेका १६ जनाको बयानका आधारमा फरार रहेका अन्य व्यक्तिहरुमाथि थप अनुसन्धान गर्नेछ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे