२०८२ बैशाख ६, शनिबार
सोमबार साँझ ८ बजेको समयमा वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलिले भरतपुर महानगरपालिका वडा नं. ४ यज्ञपुरीबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. ५ बस्ने बर्ष २४ को बिमर्श शाही र जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं.७ बस्ने बर्ष १९ को आयुष गुरुङ रहेका छन्।
निजहरुको साथबाट लुकाई छिपाई राखेको अबस्थामा सेतो रङको प्लास्टिकको पुरियामा प्रतिबन्धित लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ४०० मिलिग्राम सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे