२०८१ मंसिर ८, शनिबार
मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले विद्यालयलाई ई–रिक्सा प्रदान गर्नभएको हो ।
ईरिक्सा मूल्यअभिवृद्धि करसहित रु ४ लाख २५ हजारमा खरिद गरिएको हो ।
भरतपुुरमा सञ्चालनमा आएका अटिजम विद्यालयहरु बालकुमारी बाहेक सबै आवसिय सुविधाका छन् । बालकुमारीमा अध्ययन गर्ने अटिजम विद्यार्थीहरुलाई आवतजावत गर्न समस्या हुने भएकाले ईरिक्सा प्रदान गरिएको भरतपुर महागनरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो ।
भरतपुर महानगरमा नारायणी मावि, चितवन मावि,श्रीपुर मावि, आधारभूत विद्यालय धनौजी तथा भरतपुर बालमन्दिर अटिजम विद्यालयमा अपडगता स्रोत केन्द्र सञ्चालनमा छन् ।
भरतपुर महानगरपालिकाले विद्यार्थीहरुलाई अध्ययनमा सहजताका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
महानगरले विद्यार्थीहरुलाई न्यानो कपडा, छात्रालाई साईकल, विभिन्न छात्रावृत्ति दिने गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे