२०८१ मंसिर ७, शुक्रबार
आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ बीसहजार तालको संरक्षण नहुँदा यतिबेला संरक्षणकर्मीहरूलाई तालले गिज्याईरहेको छ। पछिल्लो समय ५०० देखि ६०० को संख्यामा तालको अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन्। प्रति व्यक्ति प्रवेश शुल्क २५ रूपैँया तोकिएको छ। ताल प्रवेश गर्न टिकट सँगसँगै आफ्नो सवारी पनि हुन जरूरी छ।
जंगली जनावरबाट आक्रमण हुने भएकोले ताल प्रवेशमा पैदल जान पाईँदैन्। साइकल, मोटरसाइकल लगायतका अन्य सवारी साधनहरू लिएर प्रवेश गर्दा सवारी अनुसारको छुट्टै टिकट काट्नुपर्छ।
विश्व सिमसार क्षेत्रमा सूचीकृत यो क्षेत्र जैविक विविधताले सम्पन्न छ । तर पछिल्लो केही समयदेखि तालमा जलकुम्भीले ढाकेको हुँदा तालको बिनास हुने निश्चित छ। यसले ताललाईनै सुकाउने छ। तालमै प्रवेश गरेर जलकुम्भीको फुल टिप्ने, टिकटक बनाउने, भिडियो खिच्ने होडबाजीले कुनै दिन मानवीय क्षती पनि नहोला भन्न सकिन्न। तालबाट निकालिएको जलकुम्भी लेउ तथा झारहरू तालको डिलहरूमा यत्रतत्र अवस्थामा छ। जसले आवतजावतमा समेत समस्या निम्त्याएको देखिन्छ। जलकुम्भीको फुल देखाएर पर्यटक मात्रै भित्र्याउँदा भोलि ताल सुकेर अस्तित्व नै मेटिने हो कि? यस बिषयमा सम्बन्धित निकायले ध्यान दिनु जरूरी छ।
तस्बिरमा हेर्नुहोस बीसहजार तालको अवस्था:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे