२०८२ बैशाख ६, शनिबार
हिन्दु धर्म मान्नेको जनसंख्या २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत) रहेका छन् । २०६८ को जनगणनाअनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए ।
राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको हो जसमा नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास रहेको जनगणनाको तथ्यांकमा समावेश छ । त्यस्तै, नेपालमा १४२ जातजाति, १२४ मातृभाषा र १० धर्म मान्ने मानिस बसोबास गर्ने गरेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । त्यस्तै, २०६८ सालको भन्दा १७ जातजाति थपिएका छन् ।
यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे