२०८१ मंसिर ७, शुक्रबार
स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत यो उपकरण खरिद गरेको हो । तर ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको जनाएपछि मेसिन अस्पताल परिसरमै प्रयोगविहीन बनेको छ ।
महँगो र अति नाजुक मानिने यो मेसिन अस्पताल परिसरमा यसरी राखिँदा क्षति वा पार्टपुर्जा चोरी हुनसक्ने सम्भावना पनि उत्तिक्कै रहेको स्थानीय ओमप्रकाश सर्राफ बताउँछन् । साथै सेवाग्राहीका लागि अति उपयोगी हुनसक्ने मेसिनलाई अस्पताल परिसरमै त्रिपालले छोपेर राख्दा असुरक्षित हुने भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् ।
‘एकातिर अस्पतालमा एमआरआई कक्ष तयार छ, अर्कोतिर आइसकेको मेसिन अढाई महिनादेखि कक्षमा जडान नगरी खुला आकाशमुनि राखिएको छ,’ सर्राफले भने, ‘यो कस्तो बिडम्बना हो, कक्ष तयार छ भने त्यसमा मेसिन जडान गरेर कम्तीमा मेसिनलाई सुरक्षित राख्नु पर्यो ।’
अस्पतालका प्रवक्ता डा। उदयनारायण सिंह ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको जवाफ दिँदै आएको बताउँछन् । ‘एमआरआाई मेसिन सञ्चालन गर्न हिलियम ग्यासको आवश्यकता पर्ने रहेछ, यो ग्यासको हाल विश्वव्यापी अभाव रहेको छ,’ उनले भने, ‘अस्पताल प्रशासनले अस्पतालमा एमआरआई कक्ष तयार गरिसकेको छ, त्यहाँ एमआरआई उपकरण सहजै जडान गर्न सकिन्छ, तर ठेकेदारले नै ग्यासको अभाव देखाएर मेसिन जडान गर्न नचाहेपछि हामी के नै गर्न सक्छौं ।’कान्तिपुर दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे