२०८१ मंसिर ८, शनिबार
तिलगङ्गा आँखा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले भन्नुभयो, “आँखाका नानी दान गर्ने प्रण गरेका व्यक्ति तथा मृत्युपश्चात् हालसम्म सङ्कलित आँखाका नानीमध्ये १२ हजार ३४० व्यक्तिले आँखादानबाट प्राप्त आँखाले दृष्टि पाएका छन्।
नेपाल आँखा बैङ्कका व्यवस्थापक शङ्खनारायण त्वाइनाले आँखाका नानीमा जन्मजात फुलो परेर समयमै उपचार नपाएर, अशिक्षा, अज्ञानता, गरिबी, विभिन्न घरेलु तथा हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रन सक्ने जानकारी दिनुभयो।
आँखा अस्पतालका कार्यक्रम निर्देशक नवीन राईले आँखा बैङ्कले मृत्युपश्चात् आँखाका नानी दान गर्ने दाताबाट नानी सङ्कलन, परीक्षण र सञ्चय गरी आवश्यक परेका व्यक्तिलाई नानी उपलब्ध गराउँदै आएको बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे