२०८२ बैशाख ६, शनिबार
बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीको हत्यापश्चात् बलात्कार गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो ।
प्रकाशले फूलमायालाई सलको पासो लगाएर हत्या गरेपछि बलात्कार गरी गरगहना लुटेका थिए ।
जिल्ला न्यायाधीश दिवाकर भट्टको सोमबारको इजलासले जन्मकैद फैसला गरेको इजलास अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।
२०७९ असोज ३० गते बिहान घरबाट मजदुरी गर्न निस्किएकी फूलमाया सोही साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्तीमा मृत फेला परेकी थिइन् ।
अनुसन्धानका क्रममा सिसीटिभी क्यामरा फुटेजलाई आधार मान्दा शंकास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फूलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटका लागि फूलमायाको हत्या गरे पनि हत्यापछि आवेगमा बलात्कारसमेत गरेको स्वीकार गरेका थिए ।
प्रहरीले २०७९ कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे