२०८२ बैशाख ६, शनिबार
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रुकुम पूर्व, रोल्पा र दाङमा सार्वजनिक बिदा दिएको हो।
मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन्। भूम्या पूजामा खास गरी जमिनको पूजा गरिन्छ। प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजा पाठसँगै नाच्ने चलन छ।
वैशाखदेखि भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने प्रचलन रहेपनि विशेष गरी असार १ गतेलाई प्रमुख अवसरका रुपमा मनाउने गरिन्छ। समूह बनाएर नाच्ने परम्परागत भेषभुषाका युवक–युवती बुकी फूल टिप्न अग्ला पहाड–हिमालमा जाने गर्छन्। जसलाई उनीहरू नोगोपो जाने भन्ने गर्छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे