२०८१ मंसिर ८, शनिबार
जेठ १ गतेदेखि आज जेठ ३२ गतेसम्म २६ हजारले मौलाकाली केबलकार चढेको मौलाकाली केबलकार प्रालिका म्यानेजर सुरज पौडेलले बताउनुभयो।
नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि संचालन गरिएको मौलाकाली केबलकारमा पहिलो महिनामै २५ हजारले दर्शन गरेका छन्। यो सहित संचालनको २ महिनामै ५१ हजारले केबलकार चढेका छन्।
विहान ६ वजेदेखि सञ्चालन हुँदै आएको मौलाकाली केबलकारले साँझ ६ वजेसम्म सेवा दिदै आएको छ । यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ। यहाँ कुल १४ डब्बा छन्। एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ। फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ। त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ।
थप समाचार:
केवलकार संचालनमा आएसँगै मौलाकालीका दर्शन गर्नेको भीड (फोटो फिचर)
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे