२०८१ मंसिर ८, शनिबार
यसै वर्षबाट कलेजले ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम) मा भर्ना खुलाउने गरी तयारी गरेको हो ।
काठमाडौंमा विभिन्न कलेज सञ्चालन गरेर सफलता हाँसिल गरेका व्यक्तिहरुले भरतपुरमा पनि आरम्भ कलेज खोलेका हुन् ।
कलेजका प्रिन्सिपल सुरज सिवाकोटीले पहिलो वर्षमा भर्ना भएका प्रत्येक विद्यार्थीलाई १/१ लाखको छात्रवृत्ति दिने योजना रहेको जानकारी दिए।
तेश्रो वर्षबाट सबै विद्यार्थीहरुलाई जागिर खुवाने योजना बनाई आफूहरु अघि बढेको उनको भनाइ छ । ‘पहिलो र दोश्रो वर्ष पढ्ने अनि तेश्रो वर्षबाट काममा लगाइदिने योजना बनाएका छौं, उनले भने, ‘त्यो योजना सफल हुँदा आरम्भमा ४ वर्ष पढिसक्दा पढेको फि बरार विद्यार्थीहरुले कमाइ सक्छन्।’
आरम्भमा पढेका होटल म्यानेजमेन्टका विद्यार्थीहरु यदि इन्ट्रान्सिपको लागि युरोप, अमेरिका र अष्ट्रेलिया जान चाहेमा सहजै पठाउन सकिने गरी प्रबन्ध मिलाइएको सिवाकोटीको दाबी छ ।
यसैगरी आईटी पढेकाहरुलाई माइक्रोसफ्ट, गुगल, ओराकलदेखि लिएर अन्र्तराष्ट्रिय मापदण्ड पूरा गरेका आइटी क्षेत्रहरु जहाँ छन् उनीहरुलाई त्यहाँ सहाभागी आरम्भ कलेजले गराउने पनि प्रिन्सिपल सिबाकोेटीको दाबी छ ।
१२ कठ्ठा जग्गामा आफ्नै दुई वटा भवन बनाएर कलेज सञ्चालनमा आउन लागेको हो । कलेज परिसरमा बास्केट बल, फुस्टल, स्वीमिङ्ग र सभाहल समेत रहेका छन् । चितवन आजवाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे