२०८१ मंसिर ७, शुक्रबार
कम्पनीका अनुसार ७० कित्तासम्म शेयर माग गर्ने आवेदकहरुले मागेजति शेयर पाएका छन् । १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई माग अनुसार पाएका छन् । ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्य सहित प्रतिकित्ता ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री गरेको थियो । आईपीओमा कुल ५ लाख ८१ हजार ५४६ वटा आवेदन मार्फत १ करोड ३ लाख २४ हजार २६० कित्ता सेयरको खरिद माग भएको थियो । जसमध्ये २३ हजार ८४५ वटा आवेदन मार्फत परेको २५ लाख ३० हजार ५५० कित्ता रद्द भएको थियो भने बाँकी रहेको ५ लाख ५७ हजार ७०१ वटा आवेदन मार्फत माग भएको ७७ लाख ९३ हजार ७१० कित्ताको माग सदर भएको थियो ।
हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे