२०८१ मंसिर ७, शुक्रबार
आज साउन १ गतेदेखि लागू हुने गरी यो अफर ल्याईएको केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताउनुभयो । यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट सहित जम्मा २७५ रूपैँयामै केवलकार चढ्न पाईनेछ।
आम सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा यात्रा गर्न तथा दर्शनार्थीहरुलाई दिउसो पनि मन्दिर जान प्रेरित गर्ने उद्देश्यले यो अफर ल्याईएको पौडेलले बताउनुभयो।
दिउसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउसो मन्दिर जाने क्रम बढाउने कम्पनिले बताएको छ।
मौलाकाली केवलकार संचालनमा आएपछि मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनको संख्या करीब २५ प्रतिशतले बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा बताउनुहुन्छ। पछिल्लो जेठ महिनामा २६ हजार दर्शनार्थीले मौलाकाली केबलकार चढेको पौडेलले बताउनुभयो।
थप समाचार
केवलकार संचालनमा आएसँगै मौलाकालीका दर्शन गर्नेको भीड (फोटो फिचर)
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे