२०८१ मंसिर ८, शनिबार
पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँले घटाएको छ ।
डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्यमा १३० रुपैयाँ घटेपछि अब प्रतिलिण्डिर १६६० भएको छ ।
निगमले भारतबाट मूल्य बढेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाएको बताएको छ । पेट्रोलियम पदार्थमा घटबढ गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।
निगम व्यवस्थापनले मूल्य अभिवृद्धि करको प्रभाव एवम् पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० अनुसार साविकको खुद्रा बिक्री मूल्यमा लागू हुनेगरी नयाँ मूल्य तोकेको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे