२०८१ मंसिर ८, शनिबार
वडा अध्यक्ष सापकोटाको नेतृत्वमा गएको अनुगमन टोलीले कलेजका बिभिन्न पक्षहरुको अनुगमन गरेको थियो । कलेजमा संचालित क्यान्टिनमा केहि खान योग्य नरहेका बस्तुहरु समेत प्रयोग गरेको भेटिएको छ।
क्यान्टिनबाट कुहिएको टमाटर, केराउ तथा गन्ध आईसकेको म:म बनाउन प्रयोग गरिने किमा समेत भेटिएको हो। खानामा प्रतिबन्ध गरिएको रङ्ग, प्लाष्टिकका भाँडामा राखिएका अचार बास्ना आएको र डाल्डाघिउ तथा म्याद गुज्रिएका सामान समेत भेटिएको हो।
कलेजमा रहेको शौचालय प्रयोग गर्न नसकिने अवस्थाको फोहोर रहेको, फोहोर व्यवस्थापन नगरि कुहिने नकुहिने प्लाष्टिक लगायत सबै एकैठाउँ थुपारिएको, नष्ट गर्नुपर्ने सामाग्रीहरु यत्तीकै राखेको र फोहर व्यवस्थापनमा निकै कमजोरी रहेको पाईएको छ।
बसका सिटहरु बिद्यार्थी बस्न योग्य छैनन्। विद्यार्थी बोक्ने कलेजको बस जस्तो पनि नदेखिने पुरानो र सिटका कभरहरू समेत च्यातिएको छ। सिट मर्मत गर्नतथा बस पेन्टिङ्ग गर्न पर्ने खालका रहेको अनुगमनमा सहभागी गैंडाकोट नगरपालिका शिक्षा शाखाका अधिकृत हेमचन्द्र पौडेलले बताउनुभयो।
वडा अध्यक्ष सापकोटाले पहिलो चरणमा गरिएको अनुगमन भएकाले आज भेटिएका कमी कमजोरीलाई तत्काल सुधार गर्दै जानका लागि कलेज प्रशासनलाई आग्रह गरिएको बताउनुभयो।
अनुगमन टोलीले लगाएको आरोपमा कुनै सत्यता नभएको र हचुवाको भरमा अनुगमन भएकोले कलेज उपर लगाईएका आरोपहरुमा सत्यता नभएको अक्सफोर्ड कलेजका प्राचार्य हरि भण्डारीले खण्डन गरे। क्यान्टिनमा भेटिएको अखाद्य पदार्थको बचाउ गर्दै क्यान्टिनको अनुगमन गर्दा खाद्य बिषेषज्ञ नल्याएको, सुँघेको भरमा सडेको या अखाद्य बस्तु भन्दै आरोप लगाएको भण्डारीले बताए।
वडा अध्यक्ष सापकोटाले अन्य स्थानमा पनि क्रमै संग अनुगमन गरिने बताए । बिहिबार गरिएको अनुगमनमा वडा अध्यक्ष सापकोटा सहित नगरपालिकाका शिक्षा शाखाका अधिकृत , प्रहरी , जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे