२०८१ मंसिर ८, शनिबार
पौडेलले विद्यालयमा कक्षा १० सम्म अध्ययनरत २०० बढी विद्यार्थीलाई मुना बालपत्रिका, युवामञ्च र शिक्षक मासिक उपलब्ध गराएका थिए । कक्षा कोठामै पुगेर विद्यार्थीका हातमा बालपत्रिका राखिदिँदै पौडेलले भने -`यी पुस्तकले तपाईंको पढाइमा सहयोग गर्न सक्छन्, नियमितरूपमा पढ्ने बानी बसाल्नु होला । तपाईंहरूले पनि केही लेख्न सिक्नुहोला ।´ विद्यालयका प्रधानाध्यापक लालचन्द्र सुवेदीले पौडेललाई टीका र खादा लगाएर विद्यालयको तर्फबाट सम्मान गरेका थिए ।
जन्मदिनका अवसरमा विद्यार्थीहरूलाई सम्झेर आफ्नो विद्यालयमा आइ ज्ञान बाँड्ने काम गर्नुभएकोमा विद्यालयको तर्फबाट आभार प्रकट गर्दछौँ´, प्रधानाध्यापक सुवेदीले भने । विद्यालयका शिक्षक गोविन्द रिमालले जन्मदिनका अवसरमा फजुल खर्च गर्नुको सट्टामा विद्यार्थीलाई पुस्तक, पत्रपत्रिका उपलब्ध गराइनु प्रसंशनीय भएको बताए ।
पठन संस्कृतिका अभियन्ता एवम् सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले विद्यार्थीलाई अतिरिक्त किताब र पत्रपत्रिका पढाउने बानी बसाल्न सके सिकाइमा सहजीकरण हुने बताए । अतिरिक्त पुस्तक पढ्ने र समसामयिक गतिविधिमा चासो राख्ने विद्यार्थी अरुभन्दा अब्बल हुनेगरेको पनि सापकोटाले बताए ।
जन्मदिन विशेष कार्यक्रममा कवि भानु सापकोटाले कवितामार्फत शिक्षक तथा विद्यार्थीलाई सम्बोधन गर्दै पौडेलको नाममा समर्पित कविता वाचन गरेका थिए । कार्यक्रममा सामाजिक व्यक्तित्व तेजेन्द्र राना, शिक्षक जगन्नाथ उपाध्याय, मुक्ति तिवारी, अनिल कँडेल, काशीनाथ पोखरेललगायत सहभागी थिए ।
गैंडाकोट-७ निवासी सञ्चारकर्मी पौडेल लायन्स क्लब अफ चितवन वाङ्मय, सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सिर्जन साहित्य प्रतिष्ठान, मिलिजुली बाल उद्यानलगायतका संस्थामा पनि आवद्ध छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे