२०८१ मंसिर ९, आईतबार
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २१ गते बुकक्लोज गरिसकेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्नेछ ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २ अर्ब २८ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।
त्यस्तै हकप्रद शेयर निष्कसन गरी बाँडफाँट गरेपश्चात् संस्थापक शेयरधनीको अंश ५१ प्रतिशत र कर्मचारीसहित सर्वसाधारणको अंश ४९ प्रतिशत हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे