२०८१ मंसिर ७, शुक्रबार
एक छोरा र एक छोरीकी आमा सितादेवीले आफ्नो नाममा रहेको सम्पत्ती विक्री गरी फरार भएपछि ७० वर्षीय वृद्ध आमाको हेरचार गर्ने समेत कोही नभएको भोलाको भनाई छ । उनी परिवारको भरणपोषणका लागि विगत दश वर्षदेखि भारतको कोलकत्तामा रहँदै आएका छन् । श्रीमतीले आफूलाई मृत सावित गरी जग्गा विक्री गरी बच्चासमेत लिएर अन्य युवकसँग भागेको जानकारी पाएपछि आफू वीरगन्ज फर्किएको बताए ।
श्रीमान रोजगारीका सिलसिलामा भारतको कोलकत्तामा बस्दै आएको मौका छोपी ४६ वर्षीय सितादेवीले आफ्नो पुरुष मित्रको सहयोगमा २०७५ भदौं ५ गते घरमै मृत्यु भएको झुठा प्रमाण देखाई २०७८ बैशाख १५ गते मृत्यु दर्ता प्रमाणपत्र हासिल गरेको र सो पछि श्रीमानको नाममा रहेको जग्गा विक्री गरी आफ्नो पुरुष मित्रसँग फरार भएको भोलाकी भान्जाबुहारी तारादेवी पासिले जानकारी दिइन ।
उनले जिउँदै रहेको ससुरालाई कागजमा मृत सावित गरी सम्पत्ती विक्री गरी भाग्ने सितादेवी र सो कार्यमा सघाउने सबैलाई कानुन बमोजिम कारबाही गर्न सरकारलाई आग्रह गरे ।
सितादेवीले हासिल गरेको मृत्यु दर्ता प्रमाणपत्र दिनमा तत्कालिन वडा सचिव वा अन्य कर्मचारीको कुनै दोष नभएको वीरगन्ज महानगरपालिका पंजिकरण शाखाकी प्रमुख वुद्धिमया गुरुङ्ले दावी गरे । उनले सितादेवीले भोलासँगको विवाह दर्ता, नेपालको नागरिकतालगायतका आवश्यक सबै कागजात पेश गरेपछि मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको बताए ।
उता कागजमा मृत घोषित गरिएका भोला भने आफूलाई पुनःजिवित बनाइ दिन आग्रह गर्दै विभिन्न सरकारी कार्यालय धाइरहेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साबाट २०५० सालमा प्राप्त गरेको नागरिकता बोकेर भोला प्रशासन कार्यालयमै दिनहुँ पुग्ने गरेको परिवारका सदस्यहरु बताउँछन् ।
श्रीमतीले कागजमा मृत सावित गरी सम्पत्ती विक्री गरी भागेको घटनाले भोलालाई ठूलो मानसिक आघात पुगेपछि अहिले उनीको मानसिक सन्तुलन समेत बिग्रदैं गएको परिवारजनले बताएका छन् ।राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे