२०८१ मंसिर १०, सोमबार
आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
उहाँले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिनुभयो । उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहोर्याउनुभयो । जिम्मेवार भएर पनि गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएर हिँड्न अप्ठ्यारो लाग्नुपर्ने होइन ? ओलीको सञ्चारकर्मी सामु प्रतिप्रश्न थियो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अप्ठ्यारो हुनुपर्ने हो । उहाँले आफैँ राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री, अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं र नवौं आश्चर्य भन्नुपर्छ यसलाई ? यो ठूलो आश्चर्यको विषय हो । त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो त्यो । जिम्मेवारी हो । त्यो जिम्मेवारी बिल्कुलै बहन नगरेर फेरि पनि मन्त्री भएर, राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अप्ठ्यारो लाग्नुपर्ने होइन ? ’
ओलीले देश डरलाग्दो अवस्थामा पुगेकाले सबैले गम्भिर भएर अघि बढ्नुपर्ने समेत बताउनु भयो । न्यूज एजेन्सी नेपालबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे