२०८१ मंसिर ७, शुक्रबार
काठमाडौं । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगु संक्रमण ७४ जिल्लामा फैलिसकेको छ । डेंगु संक्रमणबाट हालसम्म १३ हजार २ सय ९२ जना बिरामी भएका छन् । साथै डेंगुबाट १० जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ ।
अस्पतालमा उपचार गराउन जाने बिरामी उल्टो अस्पतालबाटै बिरामी भएर फर्कनुपर्ने उच्च जोखिम देखिएको छ । राजधानीका अधिकांश अस्पताल परिसरभित्र बिग्रिएको उपकरणमा जम्ने पानीबाट डेंगु संक्रमण फैलनसक्ने उच्च जोखिम देखिन्छ ।
मेडिकल उपकरणमा जम्ने पानी खुला छाडिँदा त्यस्तो ठाउँबाट डेंगु फैलाउने लामखुट्टेलाई सहज बनिरहेको छ । राजधानीको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल परिसरभित्र पानी जम्ने ठाउँ खुला देखिन्छन्, जहाँ डेंगु फैलाउने लामखुट्टेलाई बस्न सहज भइरहेको छ ।
कतिपय अस्पतालमा बिग्रिएका उपकरण र थोत्रा टायरमा पानी जमेर बसेको भेटिन्छन् । जसले गर्दा डेंगु लागेर उपचार गराउन जाने बिरामी नै थप जोखिममा पर्ने सम्भावना देखिएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे