२०८२ बैशाख ६, शनिबार
काठमाडौँ, ३१ साउन । सुन तस्करीमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका निमा लामा भनिने दावा छिरिङको नागरिकताको विषयमा गृह मन्त्रालयले छानबिन गरिरहेको छ ।
सुन तस्करी प्रकरणमा राजस्व विभागले नियन्त्रणमा लिएका छिरिङको नागरिकताको विषयमा प्रश्न उठेपछि मन्त्रालयले छानबिन थालेको हो । हाल छानबिन कार्य जारी रहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।नागरिकताको विषयमा छानबिन गर्न मन्त्रालयका उपसचिव एवं नागरिकता महाशाखाका प्रमुख कृष्णबहादुर कटुवालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । ‘समितिले छानबिन गरिरहेको छ । समितिले छानबिनपछि दिने प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाइने छ’ –प्रवक्ता भट्टराईले भन्नुभयो ।
हाल सुन तस्करी प्रकरणमा १८औं नम्बरमा गत श्रावण १५ गते छिरिङलाई पक्राउ गरिएको थियो । सुन तस्करी प्रकरणमा नै संलग्न भएको आशंकामा राजस्व अनुसन्धान विभागले राजधानीको ठमेलस्थित होटल भियनाका सञ्चालकसमेत रहेका छिरिङलाई होटल परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो ।
छिरिङ सत्ता र शक्तिको आडमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको तथ्य चार वर्षअघि प्रहरी अनुसन्धानले पत्ता लगाएको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे