२०८१ मंसिर ९, आईतबार
* रबिन्द्र श्रेष्ठ र रजनी श्रेष्ठ
बुढ्यौलीमा धटिट सामाजिक घटनाहरु समेटिएको देखिन्छ। उहाँको किताबमा प्रत्येक मानिसको जीवनमा बुढ्यौली आउँछ यसलाई कसरी सरल तरिकाबाट निर्बाह गर्न सकिन्छ भन्ने विषयमा सरकारले राज्यमा ल्याउनुपर्ने नीति (नियमहरु) पनि उल्लेख गरेको पाईन्छ।
बुढ्यौलीमा समय कसरी बिताउने आफूसंग भएको क्षमतालाई कसरि उजागर गर्नुपर्छ भन्ने बिषयमा पनि जोडदिनु भएको छ। अस्ताउन लागेको घाम भए पनि सहज जीवन निर्वाह गर्न सक्ने महत्व दर्साएको पाइन्छ। बुढ्यौलीमा सहजसंग जिउने उपाएहरु र यस्का मुल्य मान्यताहरूको बारेमा पनि बिशेष बिवरणहरु प्रस्तुत गर्नुभएकोछ। यो किताब पाठकको लागि ज्यादै रोचक समसामयीक विषय लाई लिएर पस्कनु भएको छ।
समाजमा मान सम्मानको लागि आमाबाबुले छोरा छोरी लाई उच्च शिक्षा दिन गाँउबाट सहर, सहर बाट बिदेश पठाएर ईन्जिनीयर डक्टर बनाएर बिदेशमा गई छोराछोरी संगै मिलीजुली बस्ने, समय हुँदा सँगसैँगै बस्दा पनि बुढ्यौलीको तयारी गर्दागर्दै परिस्थितीले दुबै पक्ष बाट नचाहँदा नचाहँदै कसरी एक्लै हुन्छ भन्ने पनि प्रष्ट्याउनु भएकोछ।
यो पुस्तक पढेपछी ज्यादै ज्ञानवर्धक लाग्यो। मनुष्य जीवनमा पाएको मानव चोलालाई सहि ढंगबाट ज्ञानपूर्वक चलायौँ भने सजिलै संग निराकरणहुने र कसैलाई भार नहुने हुन्छ। आफू पनि स्वाबलम्वन स्वस्थ आहारबिहारमा ध्यान सकारात्मक सोच, आपसी सहयोग, सौहार्द पूर्णब्यबहार, प्रेमपुर्बक जीवनयापन गर्नाले बुढ्यौली सहज संग बिताउन सजिलो हुन्छ भन्ने बारेमा दर्साउनु भएको छ।
आफ्नो जीवन आफैले हेर्न सकेसम्म कसैको भर नपर्ने आफ्नो काम आफैले गर्ने बानी बसाल्दा जीवन सरल र स्वस्थ्य रुपमा ब्यतित हुन्छ। नियमीत तरिकाले ब्यायाम ध्यान,धारणा गर्नाले रोगको सिकारहुँदैन। जस्तोसुकै अबस्थामा पनि हाँसेर जीवन बितायो भने मनमा शान्ति मिल्छ। ६५ कटिसकेका बिदेशी मुलका ४,५ जना आफुलाई चाहिने सामान आफै साईकलमा बोकि हप्तौँ यात्रा गरेको देखाउनु भएकोछ यो पढदा हामीलाई पनि साईकल यात्रा गर्ने जागर हुन्छ। बुढ्यौलीमा शरिर बचाउन अपनाउनु पर्ने सावधानी साथै स्मरणशक्ति सन्तुलन राख्ने प्रकृया पनि उल्लेख गर्नुभएकोछ। अर्को झनै रोचक कुरा त के छ भने एक ९७ बर्षको महिलाले दैनिक दुई समूहलाई दिनमा नृत्य सिकाउँछिन।आफ्नो काम बाट आनन्द र शान्ति लिन्छीन्।यो बुढ्यौलीमा पनि केही गर्न सकिन्छ भन्ने महत्वपूर्ण उदाहरण हो।
बुढ्यौलीमा कोठा शौचालय कसरी बनाँउदा सहज हुन्छ भन्ने पनि देखाउनु भएकोछ।करेसा बारी रेखदेख ईत्यादी बुढ्यौली शरिर बचाउन यो किताबमा धेरै यस्ता रोचक सान्दर्भिक चित्रण उल्लेख गर्नुभएको छ।
पारिवारिक जीवनमा जेष्ठ नागरिकको अग्रणी भूमिका हुन्छ बन्ने कुराको चर्चा छुटाउनु भएको छैन। जीवनको लक्ष्य पनि शान्ति संग जीवनयापन गर्नु नै हो। सादा जीवन उच्चबिचार राखेर बाच्न सिकाएको छ यो पुस्तकमा। आफूलाई कसैले के गरिदिन्छ भनेर सोच्नुभन्दा आफूले अरुको लागि के गर्न सकिन्छ भनेर हेर्योभने जीवनयापन गर्न ज्यादै सजिलो हुन्छ। सकारात्मक भावले जीवन चलाउनुनै जीवनमा सफलहुन्छ भन्ने देखाउनु भएको छ। हामीले आफ्नो आचरणमा पनि परिवर्तन गर्न अत्यावस्यक देखिन्छ। जीवनमा कमी कमजोरीलाई केलाएर आफूलाई सामान्य जीवन बिताएमा बुढ्यौलीमा पनि सहज जीवन बिताउन सकिन्छ भन्ने कुरा औँल्याउनुभएकोछ। यस किताबमा बढि सकारात्मक सोँचलाई जोड दिईएको पाइन्छ।
लेखक श्रीधर लामिछाने ज्यु कलम चलाउनमा निपुर्ण देखिनुहुन्छ। उहाँले नवलपुर अनलाइनमा धेरै बृद्धावस्था र बुढ्यौलीमा के गर्ने भन्ने बारेमा समेत आलेखहरू प्रकाशन गरिसक्नुभएको छ। उहाँले सहज बुढ्यौलीको लागि धेरै चिन्तन मनन गरि त्यसलाई सहि दिशामा लान आफु संयोजक भएर कार्यहरु संचालन पनि गरिसक्नु भएको छ । उहाँको अनुभवको प्रतिफल हो यो पुस्तक “ सहज बुढ्यौली”। यसरी आफ्नो समय बृद्धहरुको कल्याणका लागि भएको उहाँको कार्यलाइ सहि मुल्यांकन कदर हुने अपेक्षा राख्दछु। ज्यादै रोचक समसामयीक बिषयमा उठान गरिएको सुनौलो पुस्तक पढ्न पाउदा धेरै खुसी लाग्यो।भाबनात्मक सम्बन्ध संग जोडिएको सहज बुध्यौलीका लेखक श्रीधर लामिछाने ज्यु लाई मुरिमुरि बधाई दिन चाहन्छु साथै यस्तै अरु नयाँ पुस्तक पढन पाउने आशा गर्दै उहाँ प्रति शुभकामना ब्यक्त गर्दछौँ।
हाल: अमेरिका
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे