२०८१ मंसिर ८, शनिबार
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आरम्भ कलेजले होटल म्यानेजमेन्टको (बिएचएम) र व्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआइएम) पढाई सुरु गरेको हो। यसै शैक्षिक शत्रदेखि कलेजले विद्यार्थी र अभिभावकहरुको मागलाई मध्यनजर गर्दैै अत्याधुनिक एचएम ल्याबसहित भर्ना सुरु गरेको कलेजका निर्देशक गुणराज दाहालले कलेज परिसरमै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
आरम्भ कलेजले संचालनको पहिलो वर्ष अफरस्वरुप एक करोड बत्तीस लाख बराबरको स्कलरसिप समेत घोषणा गरेको छ । १३२ सिट क्षमता रहेको कलेजमा भर्ना हुने हरेक विद्यार्थीलाई १ लाखका दरले छात्रवृत्ति दिईनेछ। पहिलो वर्ष सबै १३२ विद्यार्थीहरुलाई समानरुपले एकलाखका दरले १ करोड ३२ लाख बराबरको छात्रवृत्ति प्रदान गरिने दाहालले बताउनुभयो।
अहिलेको आवश्यकताको पढाई भनेकै बिएचएम भएकोले यसको अध्ययनले स्वारोजगार बन्न सकिन्छ कलेजका प्राचार्य सुरज सिवाकोटीले भन्नुभयो। `अरुको काम गर्ने भन्दा आफ्नै लगानीमा होटल खोल्न सकिन्छ । आफ्नो क्षमता अनुसार लगानी गरेर काम गर्न सकिन्छ । स्टार होटल, रिसोर्ट, क्याफे, रेस्टुरेन्ट, बार खोलेर काम गर्न सकिन्छ । यो क्षत्रमा यति नै कमाइ हुन्छ भन्ने छैन । स्वरोजगार हुने भएकाले आफ्नो लगानी अनुसार आम्दानी गर्न सकिन्छ । आफै होटल खोल्न नसके अरुकोमा काम गरेर कमाउन सकिने क्षेत्र हो ।´
कलेजका प्राचार्य सुरज सिवाकोटीका अनुसार काठमाडौंका केही स्थापित कलेजका संचालकहरुको लगानीमा करिब १२ कट्ठा क्षेत्रफलमा खोलिएको यस कलेजको आफ्नै दुईवटा भवन रहेको छ भने कलेज परिसर भित्र फुटसल, स्विमिङ्ग पुल, बास्केटबल सभाहल समेत निर्माणको चरणमा रहेकोछ ।
उच्च शिक्षा हासिल गर्नका लागि अत्यन्तै मोटो रकम खर्च गरेर घर बाहिर गई अध्ययन गर्नुपर्ने बाध्यतालाई हटाउनका लागि चितवनमा पहिलोपटक अत्याधुनिक होटल म्यानेजमेन्ट ल्याबसहित कक्षाहरु सिपयुक्त दक्ष नागरिक उत्पादन गर्ने उद्देश्य लिएको छ । स्वदेश तथा विदेशमा होटल म्यानेजमेन्टको माग तीव्र रुपमा भइरहेका बेला कलेजले होटल म्यानेजमेन्टकै लागि छुट्टै संरचना तयार पारेको छ ।
कलेजकै सुविधा सम्पन्न भान्साको प्रयोग गर्दै कुकीङ, होटल म्यानेजमेन्टका मेजर विषयसहित अडियो भिजुअलसँगै सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने प्राचार्य सिवाकोटीले बताए ।
उनले आफ्ना उत्पादनले जहाँ गएपनि सजिलै रोजगारी पाउन भन्ने उद्देश्यले कलेजले अडियो भिडियो कक्षासँगै बार, रेष्टुरेन्ट, बेकरी, हाउस किपिङ, फण्ट अफिसर र रिसेप्सनिष्टको लागि समेत छुट्टाछुट्टै प्रयोगशाला समेतको व्यवस्था गरेको बताए ।
पूर्वी चितवन, नवलपरासी पूर्व र चितवनकै सेरोफेरोबाट अध्ययन गर्न आउने विद्यार्थीको सहजताका लागि बसको पनि व्यवस्था हुनेछ। सरकारी कर्मचारी, जनप्रतिनिधि तथा संचारमाध्यममा कार्यरत कर्मचारीहरूको परिवारलाई पहिलो बर्षको सेमेष्टर फि मा पचास प्रतिशत सहुलियत दिने पनि कलेजका निर्देशक गुणराज दाहालले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे