२०८२ बैशाख ६, शनिबार
Exif_JPEG_420
कावासाती १२ लौगाईस्थित लोकाहा खोला र नारायणी नदी किनारमा शनिवार दिउँसोदेखि डुवेर बेपत्ता भएका २० बर्षीय मंगल पुलामीको शव २४ घण्टापछि शव फेला परेको हो ।
बेपत्ताको नेपाल प्रहरी तथा खोजी कार्यमा खटिएका स्थानीय युवाहरुले जालको सहायताले शव फेला पारेको वडा अध्यक्ष शारदा अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरीका अनुसार साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । उनीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए ।
स्थानीयको सहयोगमा आइतबार बिहान पनि पुलामीको खोजी कार्य गरिएको थियो। खोजी कार्यमा हात्ती समेत परिचालन गरिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार गत जेठयता जिल्लाका यहाँका खोला र नदीमा बेपत्ता हुनेको संख्या ६ जना पुगेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे