२०८१ मंसिर ९, आईतबार
सो अवधिमा ६ हजार ४८४ जनाको पिसीआर परीक्षण गर्दा ९४ जना र तीन हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी जम्मा १११ जनामा कोरोना संक्रमण देखिएको छ ।
४१५ जना कोरोनाबट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नौ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशैभरी आठ हजार ५१७ जना सक्रिय संक्रमित छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कूल सङ्ख्या ११ लाख १६ हजार १९१ पुगेको छ ।
हाल आठ हजार २८५ होम आइसोलेशनमा रहेको र २३२ जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये ८१ जना आइसीयु र १० जना भेन्टिलेटरमा उपचाररत् छन् भने १० वर्ष मुनिका चार बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । एघारदेखि २० वर्ष उमेर समूहका ६ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३५ पुगेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे