२०८१ मंसिर ७, शुक्रबार
स्वीकृत बिना काम गर्ने शिक्षकलाई आचारसंहिता उल्लंघन गरेको ठहर मानी कारबाही हुने जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख रुद्र शर्माले बतायका छन । नवलपुर जिल्लामा करिब १०० जना शिक्षकले बिभागिय स्वीकृत बिना अन्यत्र काम गरेको समचार प्रकासित भय पछि जिल्ला शिक्षा समन्वय ईकाई नवलपुरले सुचना प्रकासित गरि बिभागिय स्वीकृत लियर मात्र काम गर्न सामुदायिक बिधालयका शिक्षकलाई आवहान गरे पनि सुचना प्रकासित भय पछि आज सम्म ४५शिक्षकले मात्र बिभागिय स्वीकृत लियको जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख रुद्र प्रसाद शर्माले जानकारी गरायका छन ।
जिल्लाका अधिकान्स कलेज तथा प्राईभेट टिउसन सेन्टरमा विभिन्न बिधालयका शिक्षकहरु अध्यापन गराउछन । बिधालय समय भन्दा अगाडि वा पछाडी सामुदायिक बिधालयमा कार्यरत शिक्षकले अन्यत्र काम गर्न बिभागिय स्वीकृत लिनु पर्ने हुन्छ तर जिल्लामा कार्यरत यस्ता शिक्षकले बिभागिय स्वीकृत नलिई अन्यत्र काम गरेको उजुरी जिल्ला शिक्षामा परे पनि अहिले सम्म शिक्षाले कुनै कारबाही गरेको छैन । आफ्नोमा धेरै उजुरी परेको तर पनि उनिहरु बिभागिय स्वीकृत लिन भने नाअयकोले अब शिक्षा कार्यलयले सबै जिल्लाका कलेजहरुमा पत्र पठायर त्यस्ता शिक्षकलाई शिक्षा नियमावली अनुसार कारबाहिको लागि केन्द्रमा पठाउने कार्यलयले जनायको छ ।
अधिकान्स सामुदायिक बिधालयका शिक्षकहरु बिहान र बेलुकामा कलेज , टिउसन सेन्टर , सहकारी लगायतका सस्थामा तलबिको काम गरेको पाईयको छ । जिल्ला शिक्षा समन्वय ईकाई नवलपुरको साउन २५ गतेको सुचना पछि ४५ जना शिक्षकले मात्र बिभागिय स्वीकृत लियको शिक्षा कार्यलयले जनायको छ । सुचना प्रकासित पछि पनि अटेर गर्ने शिक्षकलाई हामी कार्बाही गर्छौ प्रमुख शर्माले बताय ।
जिल्ला शिक्षा कार्यलय साबिक परासीबाट बिभागिय सिफारिस लियका ब्यक्तिहरुको नवलपुर जिल्लामा कार्यलय स्थापना पश्चात् साबिक जिल्लाको सिफारिस २०७८ फागुन २२ गते बाट बदर गरि नवलपुर जिल्लाले नया सुचना २०७९ चैत्र २ गतेपछि नया सिफारिस लिनु पर्ने सुचना प्रकासित गरेको छ । बिभागिय स्वीकृत बिना अन्यत्र कार्य गरेको प्रमाण फेला परेमा पहिलो पटक सचेत गराउने र पटक पटक नियम उल्लंघन गरेमा कारबाही गर्न सकिने नियमावलीमा रहेको छ। शिक्षा नियमावली २०५९ संसोधित १३३ (ज )अनुसार कारबाही हुने ब्यबस्था छ । बिधालय ब्यबस्थापन समिती सम्बन्धित पालिकाको सिफारिस साथ जिल्ला शिक्षा समन्वय ईकाईबाट सिफारिस लिने प्राबधान रहेपनी केही शिक्षकले अझै कार्यलयबाट सिफारिस लियको पाईयको छैन । नवलपुर जिल्लामा अधिकान्स सामुदायिक बिधालयका शिक्षक विभिन्न कलेजमा कार्यरत रहेको शिक्षा साखामा जानकारी भय पनि अहिले सम्म कुनै पनि शिक्षकलाई कारबाही भयको छैन ।नियम उल्लंघन गर्ने शिक्षकको शिक्षा नियमवली अनुसार ५ बर्ष सम्म तलब रोक्का गरि शिक्षक बढुवा समेत रोकि सजाय गर्न सकिने ब्यबस्था शिक्षा नियमावलीमा रहेको छ।
नियमवलिमा ब्यबस्था भय पनि अहिले सम्म कुनै पनि शिक्षक कारबाही भयका छैनन । स्थानिय तहले छुट्टै सिफारिस गर्ने नियम नभय पनि पालिकाले नियम बनायर सिफारिस दियको कुनै पनि पालिका बाट शिक्षा साखामा जानकारी नआयको जिल्ला शिक्षा समन्वय ले बतायको छ । कावासोती नगरपालिकाले केही शिक्षकलाई बिभागिय स्वीकृत दिय पनि उनिहरुको पनि जिल्ला समन्वयमा दर्ता रहेको छैन ।
जिल्लामा अन्य पालिकाले भने पालिकाको शिक्षा साखाले बिभागिय स्वीकृत दियको छैन । जिल्लामा अझै केहि सामुदायिक शिक्षकहरु बिभागिय स्वीकृत नलिई अन्यत्र काम गरेको पाईय पनि कुनै कारबाही भयको छैन । विभिन्न मिडियामा स्वीकृत बिना काम गर्छन शिक्षक भन्ने समाचार प्रकासित भय पछि शिक्षा कार्यलयले सुचना प्रकासित गरि बिभागिय स्वीकृत लिन आब्वान गरे पछि केही शिक्षकले बिभागिय स्वीकृत लियको जिल्ला शिक्षा समन्वय ईकाई नवलपुरका प्रसासकिय अधिकृत तिलक खडकाले बताय ।उनका अनुसार केही बिधालयमा ब्यबस्थापन समिती गठन नभयको तर कार्यलयमा निबेदन प्राप्त भयको उनले बतायका छन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे