२०८१ मंसिर ७, शुक्रबार
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई संघमा स्वागत गरेको हो । स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध जिल्ला प्रशासन कार्यालयसँग सुमधुर रहदै आएको बताउदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्नुहुँदै अध्यक्ष श्रेष्ठले संघको सङ्क्षिप्त जानकारी दिंदै चितवन जिल्लाको आर्थिक समाजिक एवं समग्र विकासका लागि जिल्ला प्रशासन कार्यालयसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निबर्तमान अध्यक्ष राजु श्रेष्ठले नवआगन्तुक जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीज्यूलाइ स्वागत गदै उहाँले विगत देखी चितवन जिल्लाका सरकारी निकायहरुसँग भएको सुमधुर सम्बन्धका बारेमा बताउदै उहाँले यस जिल्लाको शान्ती सुरक्षा एवं आर्थिक सामाजिक विकासमा सधै सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष रमेशकुमार पियाले नवआगन्तुक जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीज्यूलाई कार्यकाल सफलताको शुभकामना दिंदै उहाँले उद्योग वाणिज्य संघ–चितवनको विगत देखी बर्तमान सम्मको इतिहासका बारेमा जानकारी गराउदै उहाँले संघ व्यवसायीहरूको संस्था भएतापनि सामाजिक उत्तरदायित्वको कार्यमा पनि निरन्तर लागिरहने बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चितवन आर्थिक सामाजिक एवम् रणनीतिक हिसावले महत्वपूर्ण जिल्ला भएको बताउँदै उहाँले उद्योगी व्यापारीको समस्या समधान गर्नका साथै निजी क्षेत्रको उत्थानमा सदैव सहकार्य गर्न तयार रहेको बताउदै उहाँले चितवन जिल्ला पर्यटकीय हिसावले नेपालकै पहिलो हुने विशेषता रहेको बताउनु भयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष राजन गौतम, संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत ३५ जनाको उपस्थिति रहेको जानकारी उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले गराउनुभयो । कार्यक्रम संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता तथा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त स्वागत कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे